२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

बेलायतका लागि नेपाली राजदूतमा रेग्मी नियुक्त

- विशेष खबर सोमबार ०५, माघ २०७७ ०४:१८

बेलायतका लागि नेपाली राजदूतमा रेग्मी नियुक्त

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।

उनीसँगै अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा भने यसअघि नै राजदूत नियुक्त भइसकेका छन् ।


प्रतिकृया दिनुहोस