२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

साेमबार २ सयले घट्याे सुनको मूल्य

- विशेष खबर सोमबार ०५, माघ २०७७ १२:३४

साेमबार २ सयले घट्याे सुनको मूल्य

काठमाडाैं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा २०० ले घटेको छ ।

प्रतितोला ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा एक हजार २३० मा कारोवार हुनेछ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस