२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

वीरगञ्जका एक जनालाई कोरोना नभएकाे पुष्टि

आइतबार ०९, चैत २०७६ ०७:५१

वीरगञ्जका एक जनालाई कोरोना नभएकाे पुष्टि

वीरगञ्ज । वीरगञ्जका एक जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नभएको पटना मेडिकल कलेजले पुष्टि गरेको  छ। वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय एकजनालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमणको भएको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका थिए ।

भारतबाट सात दिनपहिले नेपाल फर्केका उनी चार दिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए।  

उनकाे अाइतबारकाे परीक्षण रिपाेटमा काेभिड १९ नेगेटिभ अाएकाे परिवारजनले बताएका छन् ।

 

 

सच्याइएकाे : यसअघिकाे समाचारमा असावधानीवश अन्यथा हुन गएकाले क्षमाप्राथी छाैं । ...सम्पादक

 


#कोभिड-१९

प्रतिकृया दिनुहोस