२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

पोखरा-बाग्लुङ राजमार्गमा जिप दुर्घटनाः २ जनाको मृत्यु , सात जना घाइते

- रासस आइतबार ०४, माघ २०७७ १०:१९

पोखरा-बाग्लुङ राजमार्गमा जिप दुर्घटनाः २ जनाको मृत्यु , सात जना घाइते

पाेखरा । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

 


#दुर्घटना

प्रतिकृया दिनुहोस