२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

थप २ सय ४० जनामा कोरोना, ६ जनाको मृत्यु

- विशेष खबर शनिबार ०३, माघ २०७७ ०४:५१

थप  २ सय ४० जनामा कोरोना, ६ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ७७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४  पुगेको छ।

काेराेना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस