२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

कोरोना संक्रमणबाट बिहारमा एकको मृत्यु

आइतबार ०९, चैत २०७६ ०१:५५

कोरोना संक्रमणबाट बिहारमा एकको मृत्यु

एजेन्सी– भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

लामो समयदेखि मिर्गौलासम्बन्धी बिरामी रहेका उनको शनिबार बिहान मृत्यु भएको थियो । केही दिनअघि मात्रै कतारबाट फर्किएका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । बिहारमा हालै स्कटल्यान्डबाट फर्किएका अर्का एक व्यक्तिमा पनि संक्रमण देखिएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मर्नेको संख्या ६ पुगेको छ । भारतमा संक्रमितको संख्या लगातार बढिरहेको छ । अहिलेसम्म तीन सय ४१ जनामा संक्रमण देखिएको छ ।

भारतले इटालीबाट दुई सय ६३ जना विद्यार्थीलाई उद्धार गरेर ल्याएको छ । आइतबार बिहान भारत आइपुगेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको भारतीय स्वास्थ्य अधिकारीले जनाएका छन् । भारतले कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एक हजार ६ सय नागरिकलाई स्वदेश ल्याइसकेको छ ।


#कोरोना

प्रतिकृया दिनुहोस