२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

- विशेष खबर बिहिबार ०१, माघ २०७७ ०५:०८

चन्द्रागिरिको आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथाकम्पनीप्रति देखएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेकोहुँदा सम्पूर्ण आवेदकहरुको सम्मानगर्दै कम्पनीका अध्यक्षी चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणकालागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाकालागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ०५देखि १बर्ष सम्मको लागिमान्यहुनेछ ।

ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलतथा रिर्सोटलगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।


#चन्द्रगिरि हिल्स

प्रतिकृया दिनुहोस