२०८१ बैशाख ०५ गते बुधबार | 17 April, 2024

उत्तेजक सामग्री पोस्ट गरेकाे भन्दै युट्युबले हटायाे ट्रम्पकाे च्यानल

एजेन्सी बुधबार २९, पुष २०७७ ०५:३२

उत्तेजक सामग्री पोस्ट गरेकाे भन्दै युट्युबले हटायाे ट्रम्पकाे च्यानल

वासिङ्टन । गूगलको स्वामित्वमा रहेको युट्युबले अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । 

साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ । 

गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् । 

अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् । 

युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, 'हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।'

ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन् ।

राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार समर्थक रहेका छन् । 


#डोनाल्ड ट्रम्प #युट्युब

प्रतिकृया दिनुहोस