२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

सुनकाे मुल्य ताेलामा ६ सय बढ्याे

- विशेष खबर मङ्गलबार २८, पुष २०७७ १२:१०

सुनकाे मुल्य ताेलामा  ६ सय बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले  बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।


प्रतिकृया दिनुहोस