२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

सुनकाे मुल्य ताेलामा ८ सयले घट्याे

- विशेष खबर सोमबार २७, पुष २०७७ ०३:५३

सुनकाे मुल्य ताेलामा ८ सयले घट्याे

काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजाबी सुनको मूल्य लागि प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ। तेजाबी सुन आइतबार भने प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको भाउ पनि प्रतितोदा ४० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम गरिएको छ ।


#नेपाल सुनचाँदी व्यवसायी महासंघ

प्रतिकृया दिनुहोस