२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक शाहीकाे निधन

- विशेष खबर सोमबार २७, पुष २०७७ ०९:३१

राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक शाहीकाे निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहीको निधन दैलेखमा भएको हो ।

शेर्पाका अनुसार ‘मल्टिपल अर्गन फेलर’ का कारण शाहीको निधन भएको र उनको दैलेखमै अन्तिम संस्कार गरिनेछ । नेपाली फुटबलले पाएका उत्कृष्ट गोलरक्षकमध्ये शाही पनि एक थिए ।

उनले सन् ८० को दशकमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेर खेलेका थिए । उनी लामो समय नेपाली फुटबलमा प्रशासक र व्यवस्थापकका रूपमा रहे । उनी एन्फाका पूर्वमहासचिव समेत हुन् । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही टिमका सदस्य थिए ।

उनले सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । त्यस्तै सन् १९९५ देखि २००२ सम्म एन्फा महासचिवको जिम्मेवारी सम्हालेका थिए ।


#लोकबहादुर शाही

प्रतिकृया दिनुहोस