२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

माघ १ गते सार्बजनिक बिदा दिने सरकारको निर्णय

- विशेष खबर आइतबार २६, पुष २०७७ ०४:४८

माघ १ गते सार्बजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए । 

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।                                           

'यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,' ओलीले भने ।


#सार्बजनिक बिदा

प्रतिकृया दिनुहोस