२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित

- विशेष खबर शनिबार २५, पुष २०७७ ०९:३२

ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित

काठमाडौं । ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित गरिदिएको छ । हिंसा भड्किने जोखिमका कारण ट्रम्पको अकाउन्ट स्थायी रुपमै निलम्बित गरिएको ट्विटरले जानकारी दिएको छ ।

ट्विटरले भनेको छ, ‘हालै उनले गरेका ट्वीटको सुक्ष्म समीक्षालाई मध्यनजर गर्दै हिंसा भड्किने जोखिमका कारण राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा निलम्बित गरिएको छ ।’

यसिअघि पनि ट्विटरले जनवरी ६ मा ट्रम्पको अकाउन्टमाथि १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । बुधबार क्यापिटल हिल्स भवनमा हिंसा मच्चाउनलाई ‘देशभक्त’ को संज्ञा दिने खालका ट्वीट गरेपछि उनको अकाउन्ट निलम्बित गरिएको हो ।

१२ घण्टापछि बिहीबार राष्ट्रपति ट्रम्पले एउटा भिडियो सन्देश सेयर गर्दै क्यापिटल हिल्समा आक्रमण गर्नेहरुको निन्दा गरेका थिए । साथै उनले जनवरी २० मा व्यवस्थित र विधिवत रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका थिए । तर उनले त्यसपछि फेरि आफूलाई भोट दिनेहरु ‘देशभक्त’ भएको भन्दै अर्को ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘७ करोड ५० लाख महान अमेरिकी देशभक्तले मलाई ‘अमेरिका फस्ट, मेक अमेरिका ग्रेट अगेन’ बनाउनका लागि दोस्रो पटक भोट दिए । भविष्यमा उनीहरुको आवाज सुनिनेछ । उनीहरुको अपमान हुनेछैन वा कुनै भेदभाव गरिनेछैन ।’

त्यसपछि फेरि अर्को ट्वीट गर्दै ट्रम्पले जनवरी २० मा अमेरिकाका आगामी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा आफू नजाने बताए । बिहीबारको भिडियो सन्देशपछि ट्रम्पले चुनावी नतिजालाई स्वीकार गरेकोजस्तो देखिएको थियो तर फेरि उनले घुमाउरो पारामा पुरानै तौरतरिकामा आफूलाई भोट दिनेको बचाउ गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा जान्न भन्दै ट्रम्पले चुनावी नतिजाको वैधतामाथि प्रश्न उठाएको र यसले शपथ ग्रहण समारोहलाई असर पुऱ्याउनले देखिएकाले उनको अकाउन्ट निलम्बित गरिएको पनि ट्विटरले स्पष्टीकरण दिएको छ । साथै ट्रम्पले अर्को अकाउन्ट बनाएर आफ्ना सन्देश दिन सक्ने भएकाले आफूहरु चनाखो भएको पनि ट्विटरले बताएको छ । यदि आचारसंहिता उल्लंघन गरे नयाँ अकाउन्टमापथि पनि प्रतिबन्ध लगाइने ट्विटरको भनाइ छ ।


#डोनाल्ड ट्रम्प #ट्विटर अकाउन्ट

प्रतिकृया दिनुहोस