२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

देशभर थप ४ सय १२जनामा काेराेना पुष्टि, ४ जनाकाे मृत्यु

- विशेष खबर बिहिबार २३, पुष २०७७ ०४:५६

देशभर थप ४ सय १२जनामा काेराेना पुष्टि, ४ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १८२ महिला र २३० पुरुष रहेका छन् । 

२४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ४८३ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ४ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०३ रहेको छ ।

 


#काेराेना संक्रमण #स्वास्थ मन्त्रालय

प्रतिकृया दिनुहोस