२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

तोलामा १३ सयले घट्यो सुनको मूल्य

- विशेष खबर बिहिबार २३, पुष २०७७ ०१:०४

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडाैं । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो ।

छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारोवार भएको थियो ।

तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ ।

प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस