२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

नेपाल प्रहरीका ३० एसपीको सरुवा

- विशेष खबर मङ्गलबार २१, पुष २०७७ ०९:४१

नेपाल प्रहरीका ३० एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी एसपीहरूको सरूवा गरिएको नेपाल प्रहरीले जनाएको छ। 
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भएको छ।

त्यहाँका एसपी  सुशिलसिंह राठौरको महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा, रानीपोखरीमा भएको छ। 

महानगरीय अपराध महाशाखाका एसपी प्रकाश रानाभाटको जिल्ला प्रहरी कार्यालय धनुषामा सरूवा भएको छ। 

केन्द्रिय अनुसन्धान ब्युरोका एसपी बेलबहादुर पाण्डेको पर्सामा सरूवा भएको छ। एसपी गंगा पन्तको भने केन्द्रिय अनुसन्धान ब्युरो ईन्टेलिजेन्स महाशाखा, महाराजगन्जमा भएको हो। 

हेर्नुहाेस सुचिः

/uploads/saruwa-sp-janapad-2077-09-21.pdf


प्रतिकृया दिनुहोस