दार्चुला— ब्यास गाउँपालिकाका क्रियाशील सहकारीको संस्थागत विकासका लागि लेखा व्यवस्थापन सम्बन्धी ५ दिने तालिम सुरु भएको छ ।
ब्यास गाउँपालिकाको आर्थिक सहयोग तथा राजाकोट युवा क्लब राप्लाको आयोजनामा सुन्सेरामा बुधवारबाट सहकारी संस्थाको संस्थागत विकासका लागि लेखा व्यवस्थापन तालिम सुरु भएको हो ।
सहकारीको मुख्य क्षेत्रको रुपमा रहेको लेखा व्यवस्थापन तालिममा गाउँपालिकाका १२ सहकारी संस्थाका २६ जना सहकारीकर्मीको सहभागिता रहेको राजाकोट युवा क्लबका कार्यक्रम संयोजक ग्रिसराज पन्तले बताए । प्रत्येक सहकारीबाट दुई जनाका दरले तालिममा सहभागि छन् ।
राजाकोट युवा क्लबका अध्यक्ष गोपालसिंह बिष्टको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा ब्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकी प्रमुख अतिथि र उपाध्यक्ष हेमा भट्ट विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत शेखरचन्द्र ओझा, ५ नं. वडाका वडाध्यक्ष मंगलसिह धामी, ४ नं. का वडाध्यक्ष संग्राँमसिंह बिष्ट, ३ नं. का वडाध्यक्ष उपेन्द्रसिह धामी लगायतको सहभागिता रहेको थियो ।
#सहकारी
प्रतिकृया दिनुहोस