२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

४ हजार ४०१ परीक्षण, ४०३ जनामा कोरोना

- विशेष खबर सोमबार २०, पुष २०७७ ०४:३०

४ हजार ४०१ परीक्षण, ४०३ जनामा कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १५९ जना महिला र २४४ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ४ हजार ४०१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्।

त्यसैगरी २४ घण्टामा ५९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८८५ रहेको छ ।

साथै काठमाडौं उपत्यकामा १८५ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ८२ महिला र १०३ जना पुरुष रहेका छन् । काठमाडौंमा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस