२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

१ करोड ४७ लाख नगद रुपैयाँ सहित भारतिय नागरिक प्रकाउ

- विशेष खबर सोमबार २०, पुष २०७७ ११:५७

१ करोड ४७ लाख नगद रुपैयाँ सहित भारतिय नागरिक प्रकाउ

काठमाडौं । थानकोट प्रहरीले एक जना भारतीय नागरिकको साथबाट १ करोड ४७ लाख रुपैयाँ नगद बरामद गरेको छ ।

भारतीय नागरिक ३० वर्षीय अमितकुमार गुप्तालाई कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट पक्राउ गरिएको हो । उनी सवार गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरिएको छ ।

गाडीमा राखिएको झोला खानतलासी गर्दा स्रोत नखुलेको उक्त रकम भेटिएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ ।

दुवै जनालाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीको तयारी छ ।


प्रतिकृया दिनुहोस