२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मुलुकभर सामान्य बदली, केही भागमा हल्का वर्षाकाे सम्भावना

- विशेष खबर सोमबार २०, पुष २०७७ १०:१९

मुलुकभर सामान्य बदली, केही भागमा हल्का वर्षाकाे सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार सोमबार दिउँसो र राति देशका केही भागमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकोको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन पनि विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्तै विभागले बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही कमी आउने भएकाले चिसो बढ्ने सम्भावना रहेकाले यसबाट जोगिन सबैलाई अनुरोध गरेको छ ।

गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २० गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केही स्थानहरु तथा लुम्बिनी, वाग्मती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केही स्थानहरु तथा लुम्बिनी, वाग्मती र प्रदेश नम्बर १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा वाग्मती र प्रदेश नम्बर १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूर पश्चिम , कर्णाली, गण्डकी , वाग्मती प्रदेश तथा प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातका साथै सूदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २२ गते (बुधबार)

दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।


#मौसम पूर्वानुमान

प्रतिकृया दिनुहोस