२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

थप ४ सय २६ जनामा काेराेना संक्रमण, ७ सय ५० डिस्चार्ज

- विशेष खबर शनिबार १८, पुष २०७७ ०५:३३

थप ४ सय २६ जनामा काेराेना संक्रमण, ७ सय ५० डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार १०७ जना संक्रमणमुक्त भएका छन् भने १८६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ७५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

हाल ६ हजार ४८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८९० जना होम आइसोलेसनमा छन् भने २३४ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ ।


प्रतिकृया दिनुहोस