२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मन्त्री साह सवार गाडीकाे ठक्करबाट एक जना घाइते

- विशेष खबर शनिबार १८, पुष २०७७ ०३:१२

मन्त्री साह सवार गाडीकाे ठक्करबाट एक जना घाइते

सर्लाही । सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । गाडीको ठक्करबाट घाइते भएका पैदलयात्रीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य छ ।

उनको कम्मर र खुट्टामा चोट लागेको छ ।

 


प्रतिकृया दिनुहोस