२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

शुक्रबार थप ४ सय २६ जनामा काेराेना, ८ जनाको मृत्यु

- विशेष खबर शुक्रबार १७, पुष २०७७ ०३:५५

शुक्रबार थप ४ सय २६ जनामा काेराेना, ८ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा ५ हजार २ स २५ जनामा पिसिआर परीक्षण गर्दा ४ सय २६ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा  ७ सय ४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ६४ पुगेको छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस