२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

प्रदेश २ मा पनि आइएमई ‘भरोसा कोष’ को सहायता रकम बितरण सुरू

- विशेष खबर मङ्गलबार १४, पुष २०७७ ०५:५९

प्रदेश २ मा पनि आइएमई ‘भरोसा कोष’ को सहायता रकम बितरण सुरू

काठमाडाैं । विप्रेषण सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने प्रतिबद्धताका साथ दुई दशकअघि स्थापना भएको आइएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका  परिवारलाई सहयाेग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण प्रदेश नं २ मा पनि सुरू भएको छ। 

मंगलबार प्रदेश नं २ को सिराहामा आयोजित एक विशेष कार्यकमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि अरुण कुमार भण्डारीले संयूक्त रूपमा काेराेना संक्रमणबाट बिदेशमा मृत्यु भएका प्रसाद मण्डलको पत्नी मञ्जु कुमारी देवी लाई चेक हस्तान्तरण गरेका छन् ।  

आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको हो । 

२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो । 
 


#आइएमई ‘भरोसा कोश’

प्रतिकृया दिनुहोस