२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मंगलबार थप ७ सय ८ जनामा काेराेना पुष्टि, ८ जनाकाे मृत्यु

- विशेष खबर मङ्गलबार १४, पुष २०७७ ०५:००

मंगलबार थप ७ सय ८ जनामा काेराेना पुष्टि, ८ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १९ लाख २१ हजार ३६७ पीसीआर परीक्षण भएका छन् ।

त्यसैगरी २४ घण्टामा ७३१ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४० रहेको छ ।


प्रतिकृया दिनुहोस