२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित

- विशेष खबर सोमबार १३, पुष २०७७ ०७:४०

उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित

काठमाडाैं । माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ। सोमबार उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच चार बुँदे सहमति भएको मन्त्रालयका प्रवक्ता तथा नारायणप्रसाद रेग्मीले जानकारी दिए। 

रेग्मीका अनुसार सहमति भएसँगै मंगलबारदेखि धर्ना र आन्दोलन पनि रोकिएको छ। भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो।

यदि भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ। यसका साथै भुक्तानी र अनुदान रकम फरक परेका लगायत विषय तथा समस्या समाधानका लागि समिति गठन गरिने पनि सहमति भएको रेग्मीले जानकारी दिए। 

उखु किसानहरू गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलनरत थिए। पछिल्लो एक वर्षमा उनीहरू दोस्रोचोटि काठमाडौं आएका हुन्।

 


#उखु किसान

प्रतिकृया दिनुहोस