२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

प्रतिताेला ७ सयले बढ्याे सुनकाे मुल्य

- विशेष खबर सोमबार १३, पुष २०७७ ०१:०६

प्रतिताेला ७ सयले बढ्याे सुनकाे मुल्य

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७ सय ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ ।

चाँदी आइतबार रु १ हजार २८० मा कारोवार भएको थियो ।


#सुनचाँदी व्यवसायी महासघं

प्रतिकृया दिनुहोस