२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

हेटौँडाबाट चितवन जाँदै गरेकाे बस दुर्घटना, एकको मृत्यु, ८ घाइते

- विशेष खबर शनिबार ११, पुष २०७७ ०६:४९

हेटौँडाबाट चितवन जाँदै गरेकाे बस दुर्घटना, एकको मृत्यु, ८ घाइते

हेटौँडा । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ ।

घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस