२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

थप ५ सय जनामा काेराेना, ८ सय ४० डिस्चार्ज

- विशेष खबर शनिबार ११, पुष २०७७ ०४:१८

थप ५ सय जनामा काेराेना, ८ सय ४० डिस्चार्ज

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना पुष्टि भएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ। पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १९ पुगेको छ।


प्रतिकृया दिनुहोस