२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

सुमोकाे ठक्करबाट साइकलयात्रीको मृत्यु

- विशेष खबर शनिबार ११, पुष २०७७ १०:३७

सुमोकाे ठक्करबाट साइकलयात्रीको मृत्यु

दमक । टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ मा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल गाउँँपालिका–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

हरी नायब उपरीक्षक पण्डित अनुसार ठक्करबाट सख्त घाइते हुनुभएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।


#दुर्घटना

प्रतिकृया दिनुहोस