२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

मलेसिया १४ दिन ‘लकडाउन’

मङ्गलबार ०४, चैत २०७६ ११:०५

मलेसिया १४ दिन ‘लकडाउन’

काठमाडौं– नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसिया बुधबारदेखि मार्च ३१ सम्म १४ दिन लकडाउन हुने भएको छ । विश्वव्यापी रूप लिएको कोरोना नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले लकडाउन गर्न लागेको हो ।

लकडाउन अवधिभर देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाइएको छ । देशबाहिर रहेका मलेसियनहरू भने स्वदेश फर्किने सक्नेछन् । तर, त्यसरी फर्किएका मलेसियनहरूले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

लकडाउन अवधिमा पर्यटक र आप्रवासीलाई भने प्रवेश रोक लगाइएको मलेसियास्थित सरकारी अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू पनि यो अवधिमा पूर्णतः बन्द हुनेछन् । यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा प्रवाह भने पूर्ववत्  सञ्चालन हुने जनाइएको छ ।

विश्वव्यापी बनेको कोरोना संक्रमण मलेसियामा पनि देखिएको छ । वर्ल्डवोमिटर्सका अनुसार, हालसम्म यहाँका ५ सय ६६ मानिसमा कोरोनाको लक्षण देखिएको छ । यद्यपि, अहिलेसम्म यो संक्रमणका कारण ज्यान भने गएको छैन । बरु कोरोना संक्रमित ४२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् ।


#कोरोना

प्रतिकृया दिनुहोस