२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी, अढाई करोडको क्षति

- रासस शुक्रबार १०, पुष २०७७ ०८:०५

डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी, अढाई करोडको क्षति

जनकपुरधाम । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ ।

जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युतकाे तार सट लागेको आगलागीबाट झण्डै २ करोड ५० लाखको क्षति भएको हो ।

जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले आरोप लगाएका छन् ।

धनुषा तथा महोत्तरीबाट आएका ६ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताए । धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो ।

जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा वारुणयन्त्र रहे पनि महिनौँदेखि दुवै बिग्रिएर थन्किएका छन् । आगलागी हुँदा समयमै वारुणयन्त्र पठाउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए ।


# अगलागी

प्रतिकृया दिनुहोस