२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

पठाओले चालक र सेवाग्राहीका लागि ५ लाखसम्मकाे बिमा गर्ने

- विशेष खबर शुक्रबार १०, पुष २०७७ ०७:४५

पठाओले चालक र सेवाग्राहीका लागि ५ लाखसम्मकाे बिमा गर्ने

काठमाडौं । राइड सेयरिङ सेवा दिने पठाओले आफ्ना चालक र सेवाग्राहीका लागि ५ लाख रुपैयाँसम्मको बिमा गरेको छ । यससँगै नेपालमा यस्ता सेवा सञ्चालनका लागि बिमा गर्न मिल्ने व्यवस्था सुरु भएको छ ।

यसअघि राइड सेयरिङ सेवा दिने कम्पनीले यात्रु र चालकको बिमा गर्न पटक पटक प्रयास गरे पनि नीतिगत व्यवस्थाका कारण सफल हुन सकेको थिएन ।

पठाओले करिब दुई महिनादेखि चालेको प्रक्रियाबाट बिमासम्बन्धी व्यवस्था गर्न सकिएको यसका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले जानकारी दिए ।

उनका अनुसार कम्पनीले दुई वर्षदेखि राइड सेयरिङका यात्रु र चालकको बिमा गर्न खोजिए पनि यससम्बन्धी कानुनी प्रावधान थिएन । त्यसैले कम्पनीले बिमा गर्न मानेका थिएनन् ।

गत वर्ष फागुनमा उच्च अदालत पाटनले राइड सेयरिङ सेवालाई नरोक्न आदेश दिएपछि भने एभरेस्ट इन्स्योरेन्स बिमाका लागि तयार भएको बस्न्यातले बताए ।


#राइड सेयरिङ सेवा

प्रतिकृया दिनुहोस