२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

नयाँ दिल्लीमा भेला, रात्रिक्लब, जीम र स्पा बन्द

मङ्गलबार ०४, चैत २०७६ ११:०३

नयाँ दिल्लीमा भेला, रात्रिक्लब, जीम र स्पा बन्द

नयाँ दिल्ली (एजेन्सी)–  भारतको नयाँ दिल्ली प्रदेशमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न÷गराउन निर्देशन दिएका हुन् ।  

उनको निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन् । विश्वमा माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण दिल्ली राज्यले यस्तो निर्णय लिएको हो ।

मुख्यमन्त्री केजरीवालले विवाह लगायतका कुनै पनि जमघट ५० जनाभन्दा बढीको गराउन नपाइने पनि स्पष्ट पार्नुभएको हो । राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा सात जना सङ्क्रमित भएको छन् ।

देशभरि भने अहिलेसम्म सङ्क्रमित ११४ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये १७ जना विदेशी छन् । उनीहरुका अनुसार कोरोनाका कारण भारतमा अहिले दुई जना मृत्यु भइसकेको छ ।


#कोरोना

प्रतिकृया दिनुहोस