२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

बिहीबार ६१३ जनामा कोरोना पुष्टि, ७३९ जना डिस्चार्ज

- विशेष खबर बिहिबार ०९, पुष २०७७ ०४:११

बिहीबार ६१३ जनामा कोरोना पुष्टि,  ७३९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष रहेका छन् ।

हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ७३९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४७ हजार ४०० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ९६ हजार २५० परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ५ हजार ५१० पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ ।


प्रतिकृया दिनुहोस