२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

वडाध्यक्षकाे हत्यामा संलग्न ४ जनालाई जन्मकैद

- रासस बिहिबार ०९, पुष २०७७ १०:५६

वडाध्यक्षकाे हत्यामा संलग्न ४ जनालाई जन्मकैद

अछाम। पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला परेका थिए ।

मृतक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय नौ जनाले हत्या गरेको भन्दै उनीहरूका नाममा किटानी जोहेरी दिएपछि हत्यामा संलग्न रहेको आरोप लागेका अन्य पाँच जनाको कसुर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने चार जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।


#हत्या #अपराध

प्रतिकृया दिनुहोस