२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

थप ७४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

- विशेष खबर बुधबार ०८, पुष २०७७ ०४:५३

थप  ७४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९५२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१८ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा २५० तथा ललितपुर र भक्तपुरमा ३४/३४ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस