२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

दाहाल-नेपाल पक्षः संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मतिले निर्वाचित

- विशेष खबर बुधबार ०८, पुष २०७७ ०२:५३

दाहाल-नेपाल पक्षः  संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मतिले निर्वाचित

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन छ ।

पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए । 

यो पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।

ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई दलको नेता बनाउने प्रस्ताव पेस गर्दै नेपालले ओलीले पार्टीको हित विपरित काम गरेको तर उनलाई अध्यक्षबाट हटाइएको र आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका थिए ।

नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए ।


#नेकपा #दाहाल-नेपाल पक्ष #संसदीय दलको बैठक

प्रतिकृया दिनुहोस