२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

७ हजार पीसीआर परीक्षणमा ७ सय २२ जनामा कोरोना पुष्टि

- विशेष खबर मङ्गलबार ०७, पुष २०७७ ०४:५६

७ हजार पीसीआर परीक्षणमा  ७ सय २२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा जम्मा ७ हजार पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ६५ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय, भक्तपुरमा २३ र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।


#कोरोना संक्रमण # पीसीआर परीक्षण #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस