सोमबार ०६, पुष २०७७ ०७:०४
दाङ । तुलसीपुरका एक युवकको टिकटक बनाउँदा झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।
बबई गाउँपालिका–५ झरनास्थित बबई नदीमाथिको झोलुंगे पुलमा झुण्डिएर टिकटक बनाउने क्रममा शनिबार पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
पुलको सपोट तारमा झुन्डिएर टिकटक बनाइरहेका बेला हात गलेपछि उनी तल खसेका थिए । शनिबार पिकनिक खान पुरन्धारा झरना पुगेका थापा साथीहरुसँग रमाइलो गर्दै पुलको लहरामा झुन्डिएर टिकटक बनाउने क्रममा खसेका हुन् ।
पुलबाट खसेर बबई नदीको बगरमा पछारिएका थापाको उपचारका क्रममा सोमबार बिहान बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस