२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

अमेरिकाद्वारा डिभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द

सोमबार ०३, चैत २०७६ १२:३६

अमेरिकाद्वारा डिभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द

काठमाडौं– नेपालस्थित अमेरिकी राजदूतावासले डीभी (डाइभर्सिटी भिसा) र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ ।

कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ ।

दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाए पनि मितिबारे भने केही खुलाएको छैन ।

 


#कोरोना

प्रतिकृया दिनुहोस