२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाकाे मृत्यु

- विशेष खबर शनिबार ०४, पुष २०७७ ०६:२२

बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाकाे मृत्यु

बैतडी।  बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ । शनिबार जिल्लाको मेलौली नगरपालिका वडा नं ९ असुरपाबाट मेलौली तर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार मेलौली नगरपालिका ९ का ३२ बर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ बर्षीय नारायण भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

ट्याक्टर सडकबाट करीब एक सय मिटर तल खसेको छ ।दुर्घटनामा चालक अम्रित चौधरी समान्य घाइते भएका प्रहरीले जनाएको छ ।

रित्तो ट्याक्टर कसरी दुर्घटनामा पर्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।


#दुर्घटना

प्रतिकृया दिनुहोस