२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

काेदालो प्रहार गरी बालकको हत्या

- विशेष खबर शनिबार ०४, पुष २०७७ ०५:२९

काेदालो प्रहार गरी बालकको हत्या

स्याङ्जा । काेदालो प्रहार गरेर १४ वर्षीय बालकको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । 

शनिबार स्याङ्जाको हरिनास गाउँपालिका–५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको हत्या अभियोगमा स्थानीय ३६ वर्षीय रेशमबहादुर राना पक्राउ परेका हुन् । रानाले कोदालोको पासो प्रहार गरेर ती बालकलाई हत्या गरेका हुन् । थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका रेशमबहादुरले बालकलाई कुनै काम गराउँदा नमानेपछि हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


#बालककाे हत्या

प्रतिकृया दिनुहोस