२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

थप ७८२ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

- विशेष खबर शुक्रबार ०३, पुष २०७७ ०४:१९

थप ७८२ जनामा कोरोना पुष्टि,  १६ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा ३०५ महिला र ४७७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ । 

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६१ हजार ४३० छ भने २४ घण्टामा ५ हजार ७०६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।

२४ घण्टामा १ हजार २९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४१ हजार ३९२ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस