२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

संवैधानिक परिषद्काे बैठक बालुवाटारमा सुरु

- विशेष खबर मङ्गलबार ३०, मङि्सर २०७७ ०६:११

संवैधानिक परिषद्काे बैठक बालुवाटारमा सुरु
तस्बिरः प्रधानमन्त्रीकाे प्रेस सचिवालय

काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् ।

परिषदमा हाल बहाल रहेका अन्य सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित छन् ।

सरकारले मंगलबार नै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ र ३ जना सहमत भएमा निर्णय पनि गर्न सक्नेछ ।

विभिन्न संवैधानिक निकायमा गरी रिक्त ४५ सदस्य नियुक्तिका लागि परिषद बैठक बसेको हो ।


#संवैधानिक परिषद्

प्रतिकृया दिनुहोस