२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

देशभर थप ९ सय ३६ जनामा कोरोना पुष्टि, थप १४ जनाको मृत्यु

- विशेष खबर मङ्गलबार ३०, मङि्सर २०७७ ०५:४६

देशभर थप ९ सय ३६ जनामा कोरोना पुष्टि, थप १४ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८  हजार ५ सय ६९ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस