२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

३ जना मात्रै उपस्थित भए पनि संवैधानिक बैठक सञ्चालन गर्न मिल्नेगरी ल्याइयाे अध्यादेश

- विशेष खबर मङ्गलबार ३०, मङि्सर २०७७ ०५:३६

३ जना मात्रै उपस्थित भए पनि संवैधानिक बैठक सञ्चालन गर्न मिल्नेगरी ल्याइयाे अध्यादेश

काठमाडौं । सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदमा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरेको छ ।

नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यसो हुँदा ३ जना सदस्य भए पनि बैठक बस्न सक्छ किनभने हाल ५ जना सदस्य मात्रै पदमा बहाल छन् । 

बैठकमा पेस भएको विषयमा सर्वसम्मत निर्णय हुने उल्लेख छ । पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ ।

यसो हुँदा ३ सदस्यहरुले निर्णय गर्न सक्नेछन् । अध्यादेशको व्यवस्थाअनुसार, अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

 

 


#संवैधानिक परिषद्

प्रतिकृया दिनुहोस