२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

शनिबार थप ८ सय ९९ जनामा कोरोना, १५ जनाकाे मृत्यु

- विशेष खबर शनिबार २७, मङि्सर २०७७ ०६:२५

शनिबार थप ८ सय ९९ जनामा कोरोना, १५ जनाकाे मृत्यु

काठमाडाैं। नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३ सय ५९ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित ११ हजार ६ सय ७३ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख २५ हजार ८ सय ६० भएको छ । देशभर ५ सय १९ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ८९ पुगेको छ ।


प्रतिकृया दिनुहोस