२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

फाइजर र बायोएनटेकले बनाएकाे काेराेना खाेप प्रयाेग गर्न अमेरिकामा अनुमति

एजेन्सी शनिबार २७, मङि्सर २०७७ ०९:३७

फाइजर र बायोएनटेकले बनाएकाे काेराेना खाेप  प्रयाेग गर्न अमेरिकामा अनुमति

काठमाडौं । अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासन(एफडीए) ले फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

समाचार संस्था राेयटर्सका अनुसार केही दिनमा अमेरिकामा कोरोना खोप वितरण सुरु हुनेछ ।

यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडीएलाई फाइजर–बायोएनटेकको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिन सुझाव दिएका थिए ।

पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र कोरोना खोप प्रयोगमा आउने बताएका छन् । ९ महिनाभित्रै कोरोना खोप निर्माण हुनु विज्ञानमा चमत्कार भएको उल्लेख गर्दै ट्रम्पले सबै अमेरिकी नागरिक कोरोना खोप नि:शुल्क रुपमा वितरण गरिने बताएका छन् ।

यसअघि बेलायतले फाइजरको कोरोना खोप प्रयोगमा ल्याइसकेको छ । बहराइन, क्यानडा, साउदी अरबले पनि फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् भने भारतमा आपत्कालीन प्रयोगका लागि कम्पनीले अनुमति मागेको छ ।


#कोरोना खोप

प्रतिकृया दिनुहोस