२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

कलंकीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते

- विशेष खबर शुक्रबार २६, मङि्सर २०७७ ०८:४८

कलंकीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालवहाक ट्रक शुक्रबार साँझ ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 

प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा ओखलढुंगा घर भई कलंकी बस्दै आएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।


प्रतिकृया दिनुहोस